Premier Cables

राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादामाला लैजान प्रतिबन्ध

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | अपराह्न २:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि खादा, माला, तथा कुनै संस्थाको पहिचान झल्काउने पोसाक वा सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

विमानस्थलको अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अध्यागमन क्षेत्र सुरक्षा दृष्टिकोणले संवेदनशील भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो। यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूमाथि लागू हुने स्पष्ट गरिएको छ।

विज्ञापन

अब अध्यागमन प्रक्रियाका क्रममा वा काउन्टरमा उपस्थित हुँदा खादा, माला, सजावटी वस्तु वा कुनै पहिचान जनाउने सामग्री प्रयोग गर्न नपाइनेछ। कार्यालयका अनुसार यस्ता वस्तुले सुरक्षा जोखिम बढाउनुका साथै कार्यमा अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध गरिएको हो।

त्यसैगरी, कुनै ट्राभल एजेन्सी, म्यानपावर कम्पनी वा संस्थाको नाम, लोगो वा पहिचान देखिने पोशाक, टोपी, ब्याच आदि प्रयोग गर्न पनि रोक लगाइएको छ। यस्तो पोशाकले विशिष्ट व्यवहार गरिएको आभास दिन सक्ने र सुरक्षा प्रक्रियामा भ्रम सिर्जना गर्न सक्ने भएकाले सबैलाई समान व्यवहारको आधारमा नियम लागु गरिएको बताइएको छ।

कार्यालयले नियमको पालना गरी अध्यागमन प्रक्रिया सहज बनाउन सबैमा सहयोगको आग्रहसमेत गरेको छ। उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत सूचनामा उल्लेख गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka