Premier Cables
Premier Steel

कोशी प्रदेश

अवरुद्ध मेची राजमार्ग पुनः सञ्चालनमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | अपराह्न १२:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ताप्लेजुङ । बाढीका कारण अवरुद्ध बनेको मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकखण्ड बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय इलाम अन्तर्गत फिदिम क्षेत्रका सुपरभाइजर डम्बर मिश्रका अनुसार, डाइभर्सन मर्मत गरी ठूला–सानासबै सवारीसाधन चल्ने गरी सडक सुचारु गरिएको हो। बाढीले मंगलबार मर्मत कार्य गर्न नदिएपछि बुधबार बिहान ४ बजेदेखि काम सुरु गरिएको थियो।

बिज्ञापन

बिहानदेखि हेवाखोलाको पानीको बहावमा कमी आएपछि सडक खोल्न सहज भएको हो। ठूलो वर्षा हुँदा माथिल्लो भागमा रहेका हाइड्रोपावरहरू बाढीको पानी खोलातिरै प्रवाह गर्ने र पानी घटेपछि पुनः आन्तरिक प्रणालीमा फर्काउने भएकाले खोलामा पानीको बहाव अस्थिर रहने गरेको बताइएको छ।

यस क्षेत्रको बेलिब्रिज निर्माण हाल रोकिएको छ। पेनस्टक पाइपमार्फत अस्थायी सवारी सञ्चालन गर्ने योजना अघि बढाइएको छ। हाइड्रोपावरको सहयोगमा चारवटा पेनस्टक पाइप राख्ने तयारी गरिँदैछ। मंगलवारदेखि संरचना बनाउने काम सुरु भए पनि बाढीले सबै संरचना भत्काएको सुपरभाइजर मिश्रले जानकारी दिए।

बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री भारतीय कम्पनीले अझै नपठाएको कारण काम अलपत्र परेको छ। सडक डिभिजन कार्यालयले चाँडै निर्माण सामग्री ल्याउने प्रयास गरिरहेको जनाएको छ। यो पुलले ताप्लेजुङ जिल्लाको यातायातमा प्रत्यक्ष असर पार्ने भएकाले पेनस्टकमार्फत वैकल्पिक समाधान खोजिएको हो।

यदि वर्षा कम भई खोलामा बाढी नआएमा एक हप्ताभित्र पेनस्टक राखिसक्ने र त्यसपछि हाल प्रयोगमा ल्याइएको ह्युम पाइप हटाउने योजना रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka