Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपतिको टिप्पणी : एलन मस्कको राजनीतिक दल ‘हास्यास्पद्’

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | साँझ ५:५६ बजे
Hamro Biratnagar Headlines

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पूर्व निकट सहयोगी एलन मस्कप्रति आक्रोश व्यक्त गर्दै मस्कले नयाँ राजनीतिक दल स्थापना गर्ने योजनालाई “हास्यास्पद” भनेका छन्।पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “तेस्रो दल सुरु गर्नु हास्यास्पद हो। अमेरिकामा सधैं दुई दलको प्रणाली रहिआएको छ र तेस्रो दलले झनै अन्योलता थप्छ।”

केही सातादेखि संकेत गर्दै आएका मस्कले अन्ततः शनिबार आफ्नो एक्स (पूर्व ट्विटर) खातामा “अमेरिका पार्टी” स्थापना गरेको घोषणा गरे। उनले यो दल रिपब्लिकन र डेमोक्र्याट मिलेर बनेको “युनिपार्टी” को विकल्पका रूपमा ल्याएको बताएका छन्।

बिज्ञापन

एलन मस्क र ट्रम्प अघिसम्म निकै नजिक थिए। मस्कले संघीय खर्च कटौती गर्ने उद्देश्यले गठन गरिएको सरकारी विभाग “डोज” को नेतृत्व गरेका थिए। मस्कले अमेरिकी राष्ट्रिय ऋण बढाउने सरकारी नीतिहरूको बारम्बार आलोचना गर्दै आएका छन्।

आइतबार मस्कले भने, “हाललाई हाम्रो ध्यान राष्ट्रपति पदमा नभई, आगामी १२ महिनासम्म तल्लो सदन (हाउस) र माथिल्लो सदन (सेनेट) मा केन्द्रित हुनेछ।” त्यही दिन ट्रम्पले आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा पोस्ट गर्दै भने, “एलन मस्कलाई बाटो बिराएको देख्दा दुःख लागेको छ। उनी पछिल्लो पाँच हप्तामा पूर्ण रूपमा दुर्घटनाग्रस्त रेलजस्तै भएका छन्।”

ट्रम्पको उक्त पोस्ट मस्कको “इलेक्ट्रिक गाडी अनिवार्य नीति” को आलोचनामा लक्षित थियो। ट्रम्पले भने, “त्यो नीतिले सबैलाई छोटो समयमा विद्युत गाडी किन्न बाध्य पार्नेथियो।” राष्ट्रपतिले ४ जुलाईमा हस्ताक्षर गरेर लागू गरेको कर तथा खर्चसम्बन्धी योजनाले विद्युत गाडीको लागि दिइँदै आएको कर छुट अन्त्य गरेको छ।

ट्रम्पले मस्कको विद्युत गाडी अनिवार्य प्रस्तावको सुरुदेखि नै विरोध गर्दै आएको उल्लेख गरे। उनले भने, “अब नागरिकहरूलाई चाहेको गाडी किन्न स्वतन्त्रता छ – पेट्रोलमा चल्ने, हाईब्रिड (जसको माग उच्च छ) वा अन्य नयाँ प्रविधियुक्त गाडीहरू – अब कुनै ईभी अनिवार्यता छैन।”

नयाँ कानुनमा सीमा सुरक्षा, रक्षा तथा ऊर्जा उत्पादनका लागि खर्च बढाइएको छ, तर यसको सन्तुलनका लागि स्वास्थ्य र खाद्य सहायता कार्यक्रमहरूमा विवादास्पद कटौती गरिएको छ। एलन मस्कले ट्रम्पसँग सार्वजनिक तकरारका क्रममा नै नयाँ राजनीतिक दलको सम्भावना सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka