Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

गोली चलेकोबारे के भने डोनाल्ड ट्रम्पले ?

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख १३, २०८३  | बिहान १०:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। ह्वाइट हाउसमा पत्रकारहरूसँग आयोजित रात्रिभोज कार्यक्रममा गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा व्यवस्थाबारे प्रतिक्रिया दिएका छन्।

ट्रम्पले डिनर कार्यक्रमअघि आफ्नो टोलीलाई कुनै सुरक्षा खतराबारे जानकारी नभएको बताए। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई पहिले नै कुनै संकेत पाइएको थियो कि भनेर सोध्दा उनले भने, “कुनै सूचना थिएन।”

बिज्ञापन

हमलाको उद्देश्यबारे आफूलाई जानकारी नभएको उनले बताए, तर संदिग्धबारे भने, “उ निकै खतरनाक देखिन्थ्यो,” भने। राष्ट्रपतिले संदिग्ध “करिब ५० गज टाढाबाट” दौडँदै आएको र त्यसपछि सुरक्षा निकायले आफ्ना हतियार निकालेको बताए।

अधिकारीहरूले क्यालिफोर्नियास्थित संदिग्धको अपार्टमेन्टमा पुगेर कारबाही सुरु गरिसकेका छन्।

एक पत्रकारले ट्रम्पलाई ‘तपाईंको ज्यान लिन खोजिएका प्रयासहरू’को कारण के हुन सक्छ भनेर सोध्दा उनले राजनीतिक हत्याबारे आफूले पढेको र “सबैभन्दा ठूलो प्रभाव” पार्ने व्यक्तिहरूलाई निशाना बनाइने विश्वास रहेको बताए।

उनले अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको उदाहरण दिए, जसको हत्या गरिएको थियो।

हालका वर्षहरूमा ट्रम्पमाथि दुई पटक ज्यानमार्ने प्रयास भइसकेको छ। शनिबार रातिको आक्रमणकारीको उद्देश्यबारे प्रहरीले अहिलेसम्म खुलाएको छैन।

जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको र्‍यालीमा आफूमाथि गोली चलाउने प्रयाससँग आजको घटना कसरी फरक छ भनेर सोध्दा ट्रम्पले यस्ता घटनालाई लिएर सधैं चिन्तित रहन नसकिने बताए। तर बटलरको तुलनामा आज रातिको सुरक्षा व्यवस्था निकै बलियो रहेको उनले बताए।

उनले बटलरमा पनि आफ्नो टोलीसँग एक स्नाइपर रहेको र उसले आक्रमणकारीलाई चाँडै निष्क्रिय बनाएको बताए।

ट्रम्पका अनुसार आज राति आक्रमणकारी बलरुमनजिक पुग्नै सकेन, किनकि त्यो क्षेत्र पूर्ण रूपमा सिल गरिएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka