Premier Cables

अर्थ

कृषि र साना उद्योगलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | बिहान ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आगामी मौद्रिक नीति कृषि क्षेत्र र साना तथा मझौला उद्योग (एसएमई) का समस्या समाधानमा केन्द्रित हुने संकेत गरेका छन् ।

आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पौडेलले कृषक र साना व्यवसायीले लिएको ऋण ठूलो मात्रामा गैरकानुनी कर्जामा परिणत भए पनि, उनीहरूलाई समस्याबाट निकाल्दै कर्जा प्रवाह बढाउनुपर्ने धारणा राखे।

विज्ञापन

गभर्नरका अनुसार कृषि क्षेत्रमा गएको कुल कर्जामध्ये ९ प्रतिशत र साना तथा मझौला व्यवसायमा गएको ८ प्रतिशत ऋण अहिले खराब कर्जाको सूचीमा पुगेको छ। यस समस्याको समाधान गर्दै कर्जाको पहुँच बढाउनुपर्ने उनको भनाइ थियो।

उनले सबैले सहज रूपमा कर्जा नपाएकाले विपन्न वर्गले अत्यधिक ब्याज तिर्न बाध्य भएको पनि उल्लेख गरे ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले पनि समस्या उजागर गर्दै, धितो लिलामी प्रक्रियामा स्थानीय तहले असहयोग गर्ने, सम्पत्ति बिक्री गर्दा पनि ऋण असुल्न नसकिएको र नगद प्रवाहमा समस्या देखिएको बताएका छन्।

बैंकर्सहरूले यस्ता समस्या समाधान गर्न सशक्त सम्पत्ति व्यवस्थापन कम्पनी गठन गर्नु जरुरी रहेको सुझावसमेत दिएका छन्। यस्तै, आगामी मौद्रिक नीतिले यस्ता जटिलता समाधान गर्न सक्नुपर्ने उनीहरूको धारणा छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka