Premier Cables
Premier Steel

अर्थ बैंक तथा वित्त राष्ट्रिय

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २९, २०८३  | साँझ ४:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद मुनाफा दुई अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी तथा आम्दानी बढ्नुका साथै सम्भावित जोखिमका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढेको हो।

बिज्ञापन

आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.८५ प्रतिशत बढी हो। त्यस्तै, कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले बढेर १५ अर्ब पाँच करोड ६६ लाख रुपैयाँ पुगेको छ।

बैंकको करअघिको खुद सञ्चालन नाफा पनि ६४.२६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ९४ करोड २० लाख रुपैयाँ रहेको यस्तो नाफा आर्थिक वर्ष २०८२/८३ मा बढेर छ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

यसैगरी, अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा नरहेकोमा चालु आर्थिक वर्षमा एक अर्ब सात करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकले जनाएको छ। गत असार मसान्तसम्म बैंकको कुल समग्र आम्दानी तीन अर्ब ९० करोड ८९ लाख रुपैयाँ रहेको छ।

बैंकका अनुसार असार मसान्तसम्म कुल निक्षेप छ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने खुद कर्जा तथा सापट तीन खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले बढेको हो।

असार मसान्तसम्म बैंकको पुँजी कोष अनुपात ११.४० प्रतिशत, कर्जा तथा निक्षेप अनुपात ५०.८७ प्रतिशत र आधारदर ४.२० प्रतिशत रहेको छ। बैंकको त्रैमासिक औसत आधारदर ४.२२ प्रतिशत रहेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत, ब्याजदर अन्तर ३.३७ प्रतिशत, कोषको लागत २.९६ प्रतिशत र प्रतिशेयर आम्दानी २९.१४ रुपैयाँ रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले देशका सातै प्रदेशका ७७ जिल्लाबाट वित्तीय सेवा दिँदै आएको छ। बैंकका ३१६ शाखा कार्यालय, ३३५ एटिएम र एक लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा छन्।

बैंकका अनुसार २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कुल ४८ लाख ७० हजार ग्राहकले बैंकको सेवा प्रयोग गरिरहेका छन्। बैंकले सरकारी कारोबार तथा क्यूआर मर्चेन्ट कारोबारमा पनि आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ।

बैंकले आगामी दिनमा सेवा विस्तार र सुधारलाई निरन्तरता दिँदै वित्तीय प्रदर्शन थप बलियो बनाउने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa