Premier Cables

राजनीतिराष्ट्रिय

व्यक्तिगत तहमै आरोप-प्रत्यारोपले कांग्रेस बैठकमा खैलाबैला

Calendar शुक्रबार, असार २०, २०८२  | बिहान ८:२० बजे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले ठूला दलप्रति आमनागरिक सन्तुष्ट हुन नसकेको भन्दै कार्यक्षमता सुधार गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय समिति बैठकको चौथो दिन बिहिबार सदस्यहरूले आफ्नै कार्यकर्तासमेत पार्टीसँग निराश र असन्तुष्ट देखिएको बताए । यस्तै अवस्था आए पार्टीले समर्थकको भरोसा गुमाउने चेतावनी उनीहरूले दिए ।

बिज्ञापन

पार्टी कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरूले गतनिर्वाचनमा शहरी क्षेत्रमा कांग्रेसमा उत्साह नदेखिएको र त्यसपछि सामाजिक सञ्जालमार्फत् आएका प्रतिक्रियाले पनि आमनागरिक सन्तुष्ट हुन नसकेको देखिएको बताए । उनीहरूले जनतालाई भरोसा दिलाउने गरी प्रस्तुत हुन नेतृत्वलाई सुझाव दिए ।

बैठकमा सय दिने सांगठनिक कार्यक्रमबाट फर्किएका नेताहरूले कार्यकर्ताहरू नै पार्टी नेतृत्वसँग रूष्ट रहेको ब्रिफिङ गरेका छन् । गुट विशेषका नेताले बारम्बार अवसर पाउने तर इमान्दार कार्यकर्ता उपेक्षित हुने प्रवृत्तिले पार्टीभित्रै निराशा र वैमनस्यता बढाएको नेताहरूको आरोप छ।

केन्द्रीय सदस्यहरूले युवा पुस्तामा छाएको निराशा र दलहरूप्रतिको वितृष्णा हटाउन पार्टीमा युवा प्रतिनिधित्व बढाउन सुझाव दिएका छन् । पार्टी केन्द्रीय समिति तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गर्न माग गर्का छन् ।

केही नेताहरूले भ्रातृ संस्था लथालिङ्ग हुँदा पार्टी नेतृत्व टुलुटुले हेरर बसेको आरोप लगाएका छन् । एक पक्षले अर्को पक्षलाई दबाउन खोजे त्यसको प्रतिकारमा उत्रने चेतावनी उनीहरूले दिए । त्यस्तै पार्टी विधिसम्वत नचल्दा संगठन कमजोर भएको आरोप लगाउँदै उनीहरूले प्रक्रिया मिचेर पार्टी चलाउँदा लोकतन्त्रसमेत कमजोर हुने जिकिर गरे ।

बैठकमा केन्द्रीय सदस्यहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । त्यस्तै कतिपय नेता भने व्यक्तिगत तहमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो