Premier Cables
Premier Steel

विराटनगर

वीरेन्द्र साहद्वारा कांग्रेस प्रचार प्रमुखको पद त्यागे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य वीरेन्द्र कुमार सहाले मंगलबार जिल्ला सदस्य पदबाट राजीनामा दिएका छन्।

काठमाडौंसहित देशभर भएका जेनजी आन्दोलनका क्रममा १९ जना बालबालिकाको ज्यान गएको र यस विषयमा नेपाली कांग्रेसले जनताको बिश्वास जित्न नसकेको र चिन्ता  नदेखाएको भन्दै साहले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन्।

बिज्ञापन

साहले स्टाटसमा लेखेका छन्,

“आजैको मितिदेखि म, वीरेन्द्रकुमार साह, नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य एवम् सूचना–सञ्चार तथा प्रचार विभाग प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गर्दछु। साथै, पार्टीको साधारण सदस्यताको जिम्मेवारी समेत त्याग गरेको कुरा पनि सार्वजनिक गर्दछु।”

साहले जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने युवाहरूको बलिदानप्रति संवेदना प्रकट गरेका छन्। उनले भनेका छन्,

“पछिल्ला दिनका घटनाक्रमहरूले मेरो आत्मालाई गहिरो चोट पुर्‍याएको छ। भ्रष्टाचार र बेथितिको विरुद्ध आवाज उठाउँदा देशका १९ जना निर्भीक युवाहरूले जीवन गुमाउनु परेको खबरले मेरो हृदय चिरिएको छ। न्याय र परिवर्तनका लागि बलिदान दिने यो पुस्ता हाम्रा लागि प्रेरणा बन्नुपर्ने हो, तर दुर्भाग्यवश यो सरकार र यसको सारथि बनेको नेपाली कांग्रेस मौन दर्शक मात्र रह्यो।”

साहले १५ वर्षदेखि विद्यार्थी राजनीतिबाट सुरु गरी जनताको विश्वास जित्दै आएको र पार्टीमार्फत देशका लागि केही गर्न सकिने ठूलो आशा बोकेर अघि बढेको तर नेपाली कांग्रेसले जनताको विश्वास कायम राख्न असफल भएको उल्लेख गरेका छन्।

राजनीति छाडेपनि मानवता र समाजसेवाको बाटोमा निरन्तर लागिरहने प्रतिवद्धता जनाउँदै उनले कार्यकर्ता, नेता तथा शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa