Premier Cables
Premier Steel

राष्ट्रिय

धनपालथानमा सात वर्षीया बालिकाको हत्या घटना : काकामाथि अनुसन्धान शुरु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | बिहान ७:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ बबियामा एक सात वर्षीया बालिकाको हत्या भएको छ। बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

स्थानीय अक्षय सरदार र उनकी श्रीमती काम विशेषले भारत र माइतीतर्फ गएका बेला सन्तानलाई हजुरआमाको जिम्मा लगाइएको थियो। शुक्रबार राति आफ्ना दिदी र भाइसँगै काका अनिष सरदारसँग सुतिरहेकी बालिका आत्तिका सरदार शनिबार बिहान शवको अवस्थामा भेटिएकी हुन्।

बिज्ञापन

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बालिकाको शव बिहान ५ बजे घरदेखि करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा भेटिएको थियो। बालिका बेपत्ता भएको जानकारी हजुरआमाले राति ३ बजे पाएपछि खोजी सुरु गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। शवको अवस्था हेर्दा अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा चोटहरू देखिएका छन्। यद्यपि, पोस्टमार्टम रिपोर्ट नआएसम्म बलात्कार पुष्टि हुन नसक्ने प्रहरीले स्पष्ट पारेको छ।

शवको विराटनगरस्थित कोशी अस्पतालमा फरेन्सिक विशेषज्ञ डा. दीक्षान्त पोखरेलको टोलीले पोस्टमार्टम गरेको छ। प्रारम्भिक रिपोर्ट निष्कर्षमा नपुगेको भन्दै थप परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ।

प्रहरीले घटनाबेला बालिकासँग सुतिरहेका काका अनिष सरदारलाई नियन्त्रणमा लिएको छ। उनले मदिरा सेवन गरेको स्वीकारे पनि बलात्कार वा हत्या गरेको भने इन्कार गरेका छन्। घटनास्थल र प्रमाणका आधारमा उनीप्रति शंका बलियो रहेको प्रहरी स्रोतको भनाइ छ।

घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरिया आफैं घटनास्थल पुगेका थिए । उनले अनुसन्धान गम्भीर ढंगले अघि बढाइएको र सत्य तथ्यका आधारमा निष्कर्ष निकालिने बताएका छन्।

स्थानीयबासी र आफन्तहरूले घटनाले गाउँमा त्रास फैलाएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतक बालिकाका बाबुआमालाई खबर गरी भारत र माइतीबाट फर्काउन पहल भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka