Premier Cables
Premier Steel

कोशी प्रदेश

इटहरीमा ‘एसियन हाइवे’ निर्माण अन्योलमा, स्थानीय व्यवसायीले गरे काम रोक्न माग

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | बिहान ९:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । काँकडभिट्टा–लौकही सडक खण्डअन्तर्गत इटहरीको ‘एसियन हाइवे’ निर्माण कार्य अन्योलमा परेको छ।

मोरङको लक्ष्मीमार्ग क्षेत्रमा कालोपत्रे प्रक्रिया अघि बढिसकेको भए पनि इटहरी खण्डमा संरचना हटाउने विषयमा विवाद चुलिएपछि काम रोकिएको हो।

बिज्ञापन

गोठगाउँदेखि इटहरीसम्मको खण्ड निर्माणको जिम्मा लिएको कोभेक–सिआइजिसी–टुण्डी जेभी कम्पनीले संरचना हटाउन र सहज वातावरण बनाउन स्थानीयले आयोजना कार्यालयलाई पटक–पटक आग्रह गर्दै आएका छन्।

यसअघि सुनसरी जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते १२४ घरधनीलाई मुआब्जा र क्षतिपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको थियो। तीन घरधनीले अदालतबाट ‘स्टे अर्डर’ ल्याएका छन् भने बाँकी अधिकांश संरचना छज्जी भित्रै परेकाले हटाउन आह्वान गरिएको छ।

तर स्थानीय व्यवसायीहरू र उद्योग वाणिज्य संघ इटहरीले सडक विस्तारको काम अहिले नगर्न माग गरेका छन्। संघका अध्यक्ष जीवन पराजुलीको हस्ताक्षरसहितको बोधार्थ पत्र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई बुझाइएको छ।

व्यवसायीहरूको माग छ — वर्षायाम, बाढीको जोखिम, दसैँ–तिहार र आर्थिक मन्दीका कारण तत्काल संरचना नहटाइयोस्। सडकको ८२.५ फिट क्षेत्रभित्र पर्ने छज्जी र पर्खालहरू हटाउँदा कम्तीमा २ फिट जोगाइदिन पनि आग्रह गरिएको छ।

व्यवसायी गायत्री कटुवाल भण्डारीको नेतृत्वमा गएको टोलीले दसैँ–तिहारपछि मात्रै काम थाल्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेको थियो। भण्डारीले ‘एसियन हाइवे’लाई समर्थनयोग्य योजना बताए पनि जनधनको जोखिम हुने गरी काम नगर्न चेतावनी दिइन्।

प्रजिअ मिश्रले भने संरचना भत्काउने वा नभत्काउने निर्णय प्रशासनको कार्यक्षेत्रभन्दा बाहिर भएको प्रतिक्रिया दिए। व्यवसायीहरूको आधिकारिक माग भने आयोजना कार्यालयसम्म औपचारिक रूपमा पुगेको छैन।

उता, आयोजनाका इन्जिनियर पल्लव श्रेष्ठले २०३४ सालमै महेन्द्र राजमार्गको क्षेत्राधिकार ५० मिटर निर्धारण भइसकेको भन्दै सोही आधारमा संरचना हटाइनुपर्ने तर्क गरेका छन्।

सडक निर्माण प्रगति
९५ किलोमिटर लामो यो खण्डलाई पाँच भागमा विभाजन गरिएको छ।
– ४५ किलोमिटर पूर्वी खण्ड कालिका कन्स्ट्रक्सनले निर्माण गर्दैछ
– केर्खा–गोठगाउँ खण्ड सीआरएफजी–टुण्डी जेभीको जिम्मामा छ
तर अहिलेसम्म कुल कामको मात्र ११ प्रतिशत प्रगति भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka