Premier Cables
Premier Steel

राजनीति

अमरेश सिंहले देशलाई ‘लिज’मा दिउँ भन्दा संसदमा हंगामा !

भामुखले अभिव्यक्ति रेकर्डबाट हटाउने निर्णय

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | साँझ ५:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिन सकिने अभिव्यक्ति दिएपछि आइतबार प्रतिनिधिसभामा विवाद चर्किएको छ। विनियोजन विधेयक अन्तर्गत शीर्षकमाथिको छलफलका क्रममा सांसद सिंहको भनाइप्रति नेकपा एमालेका सांसदहरूले तीव्र आपत्ति जनाएका हुन्।

सिंहको अभिव्यक्तिलाई आपत्तिजनक र राष्ट्रघाती भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कारबाहीको माग गरे। “देशलाई अर्को देशमा गाभ्ने जस्तो अभिव्यक्ति सांसद सिंहबाट आयो, जुन अत्यन्त आपत्तिजनक र राष्ट्रघाती छ,” उनले भने, “यस्तो अभिव्यक्तिलाई सहन सकिन्न। कारबाही गरियोस् र रुलिङबाट हटाइयोस्।”

बिज्ञापन

बिरोध चर्किएपछि सभामुख देवराज घिमिरेले सांसद सिंहको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने निर्देशन दिए। उनले सिंहको भाषा असंसदीय र राष्ट्रविरोधी रहेको भन्दै यस्ता अभिव्यक्ति संसदमा स्वीकार्य नहुने स्पष्ट पारे।

सभामुखको निर्णयपछि सांसद सिंह आक्रोशित देखिए। उनले सभामुखमाथि पक्षपाती व्यवहार गरेको आरोप लगाए। “बजेट पनि नपर्ने, बोल्न पनि नपाउने ? यो कस्तो संसद हो ?” भन्दै उनले सभामुखको निर्देशनप्रति असहमति जनाए।

सिंहको निरन्तर आपत्तिपछि सभामुख घिमिरेले उनलाई बजेटबाहेकका विषयमा नबोल्न चेतावनी दिंदै रोष्ट्रम छाड्न निर्देशन दिए। तर सिंहले बोलिरहँदा माइक बन्द गरिएपछि उनी अन्ततः रोष्ट्रमबाट फर्किएका थिए।

सांसद सिंहको अभिव्यक्तिपछि संसदमा देखिएको तनावले आगामी बैठकमा पनि बहस चर्कन सक्ने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka