Premier Cables

राजनीति

आइतबारे बिदा काट्न माग

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | साँझ ४:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।

विज्ञापन

आइतबारको बिदा कसैलाई पनि नचाहिएको उनको भनाइ छ । आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिबार मात्र बिदा दिने व्यवस्था कायम गर्न उनले माग गरे ।

“आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँहरूमा यसले नकारत्मक असर पारिरहेको छ,” उनले भने, “सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस् ।” न्युज एजेन्सी नेपाल

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka