Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अहमदावाद–लन्डन उडान एकाएक रद्द ! के भन्यो एयर इन्डियाले ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | साँझ ५:१० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भारतको एयर इन्डिया एयरलाइन्सको अहमदावाद–लन्डन उडान मङ्गलबार एकाएक रद्द गरिएको छ। सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजे लन्डन ग्याटविकका लागि उड्नुपर्ने एआई १५९ नम्बरको फ्लाइट स्थगन गरिएको हो।

एयर इन्डियाले फ्लाइट रद्द हुनुको कारण अन्तर्राष्ट्रिय हवाई क्षेत्र (एयर स्पेस) को अनुपलब्धता रहेको बताएको छ। भारतको टाइम्स अफ इन्डिया का अनुसार, एयर स्पेसमा लागु प्रतिबन्ध र सावधानीका कारण अत्यधिक समय लाग्ने भएकाले उडान रद्द गरिएको हो। कम्पनीले प्राविधिक समस्या आएको भन्ने अफवाहलाई असत्य र आधारहीन भनेको छ।

बिज्ञापन

एयर इन्डियाले विज्ञप्ति जारी गर्दै यात्रुहरूलाई परेको असुविधामा क्षमा मागेको छ र वैकल्पिक व्यवस्था गरिएको जानकारी दिएको छ। यात्रुहरूलाई होटल सुविधा, पूर्ण टिकट फिर्ता वा निःशुल्क पुनःनिर्धारणको विकल्प उपलब्ध गराइएको बताइएको छ।

यही कारणले आगामी १७ जुनमा लन्डनबाट अमृतसर जाने एआई १७० उडान पनि रद्द गरिएको एयर इन्डियाले जनाएको छ।

गत साता सोही विमानस्थलबाट ग्याटविकका लागि उडेको अर्को विमान उडानपश्चात केही सेकेन्डमै दुर्घटनामा परेको घटनासँग जोड्दै एआई १५९ को रद्दबारे अफवाह फैलिएको टाइम्स अफ इन्डिया ले उल्लेख गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka