Premier Cables
Premier Steel

विराटनगर

मोटरसाइकल जुध्दा विराटनगरको मुनलाइट फोटो स्टुडियोका सञ्चालक नवीन खनालको मृत्यु

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, जेठ २७, २०८२  | अपराह्न १:२१ बजे

विराटनगर । दुई मोटरसाइकल एक आपसमा जुध्दा विराटनगरको मुनलाइट फोटो स्टुडियोका सञ्चालक तथा लायन्स क्लब अफ विराटनगर गुराँसका सदस्य नवीन खनालको मत्यु भएको छ ।

विराटनगर–५ निवासी ४२ वर्षीय खनाल गएराति दुर्घटनामा परेका थिए । कोसी राजमार्गअन्तर्गत विराटनगर–३ स्थित तिरुपति पेट्रोल पम्प नजिकै दुई मोटरसाइकले एक आपसमा जुधेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ जाँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै जाँदै गरेको प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । राति ८ः४० बजेतिर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका खनालको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु हुन पुगेको हो ।

अर्को मोटरसाइकलको पछाडि सवार भारत झारखण्डकी २९ वर्षीया सपना दास पनि घाइते भएकी छन्। उनको नोबेल अस्पतालमै उपचार भइरहेको छ । अवस्था सामान्य रहेको छ । उनी विराटनगर–६ रामपुरस्थित माइतीमा बस्दै आएकी थिइन ।

दुर्घटनापछि प्रहरीले २४३४ नम्बरको मोटरसाइकल चालक भारत झारखण्डका ३४ वर्षीय राकेश रञ्जनलाललाई नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुघटना भएको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka