Premier Cables

विराटनगर

ट्राफिक चेकजाँचको ट्रकमा आई आफै ठोक्किएर मृत्यु, सवारी र चालक भने प्रहरी नियन्त्रणमा

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०५, २०८२  | बिहान १०:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित दुधफारम चोक । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोली सवारी अनुगमन र ट्राफिक चेकिङमा थियो ।

नियमित रुपमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको हुन्छ । तर, बुधबार राति भएको सवारी दुर्घटनामा प्रहरी नियमअनुसार चेकिङका क्रममा एउटा मिनी ट्रक रोकिरहेको थियो । कागजात चेकजाँच चलिरहेको थियो । त्यो मिनीट्रक विराटनगरबाट नेमुवा जाँदै गर्दा ट्राफिकको चेकजाँचका क्रममा थियो । परबाट हुइँकिएर तीव्र गतिमा आएको एउटा मोटर साइकल एक्कासि मिनी ट्रकसँग ठक्कर खायो ।

विज्ञापन

करिब साँझ साढे ८ बजे कोशी राजमार्गमा भएको उक्त दुर्घटना परी सुनसरीको बर्जु गाउँपालिका–६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु हुन पुग्यो ।

विराटनगरबाट नेमुवा जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले चेकजाँचको क्रममै रोकिरहेको बेला सोही दिशाबाट तीव्र गतिमा आएको प्रदेश १–०२–०४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडिको भागमा ठक्कर दिएको थियो । मोटरसाइकल कुदाई रहेका चौधरी सडकमा बजारिए । उनी गम्भीर घाइते अवस्थामा थिए । तत्कालै उपचारका निम्ति नोबेल अस्पताल लगियो । उपचारकै क्रममा अस्पतालमा उनको निधन भयो ।

घटनापछि ट्रक र चालक मोरङको बुढीगंगा गाउँपालिका–१ निवासी ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो मुद्दा अघि बढाउन सवारी र चालकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको जानकारी दिएको छ । ट्राफिक इन्स्पेक्टर राजन लम्सालले आवश्यक कानुनी प्रक्रियाका लागि सवारी र चालक जिल्ला प्रहरी पठाइएको र अब जिल्लाले नै यस सम्बन्धी मुद्दा अगाडि बढाउने बताए ।

उनले भने,‘‘हामीले प्रारम्भिक रुमा गर्नुपर्ने कार्य सम्पन्न गरी गाडी र सवारी चालकलाई जिल्ला पठाउने हो । ट्राफिक चेकजाँचका क्रममा रोकिराखेको सवारीमा अर्को साधन जुधेर भएको घटनाको कानुनी कारवाहीको प्रक्रिया के कसरी अगाडि बढ्ने भन्ने अब उतैबाट निक्र्योल हुने छ ।’’

मृतक चौधरी विभिन्न सामाजिक कार्यहरुमा सक्रिय थिए । उनी गुरु ओशोका सन्यासी समेत थिए । ध्यान र अध्यात्ममा समेत उनको रुची थियो । विराटनगर ओशो आश्रमले समेत उनको निधनमा गहिरो शोक व्यक्त गरेको छ ।

सामाजिक सञ्जालमा विराटनगरबासीले यो घटनामा सडकमा व्यवस्थित ढंगले चेकजाँच नगर्ने नगराउने ट्राफिक प्रहरी, सवारी चालक वा मोटरसाइकल चालक जो आफै आएर ठोक्किए कसको दोष हो ? भन्दै प्रश्न गरेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka