Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | साँझ ५:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा बुधबार दिउँसो टिपरको ठक्करबाट स्कुटरमा सवार एक व्यक्तिको ज्यान गएको छ। विराटनगर महानगरपालिका–३ स्थित पञ्चेश्वर मन्दिरअगाडि भित्री पक्की सडकमा उत्तरतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको हो।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार को १ क ९५३ नम्बरको टिपरले दिउँसो २ः३० बजेतिर प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा स्कुटरको पछाडि सवार मोरङ सुन्दरहरैँचा–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईं गम्भीर घाइते भए।

बिज्ञापन

गम्भीर अवस्थामा रहेका बजगाईंलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका छन्। दुर्घटनालगत्तै टिपर चालक कानेपोखरी–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्कुटर चालक २० वर्षीय प्रितम बजगाईं भने सकुशल रहेका छन्। प्रहरीले मृतक सुशील बजगाईं स्कुटर चालक प्रितमका बाबु रहेको पुष्टि गरेको छ।

प्रहरीका अनुसार दुर्घटना टिपर चालकको लापरबाहीका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka