Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको तीनपैनीमा दुर्घटना गराउने टिपरमाथि आगजनी

Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ५:५४ बजे

विराटनगर । विराटनगरको तीनपैनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनापछि आक्रोसित स्थानीयले टिपरमाथि आगजनी गरेका छन् । आगजनीबाट टिपरमा क्षति पुगेको छ ।

घटनामा अर्का एक जना घाइते भएको बताइएको छ । आन्दोलनका कारण सोमबार ट्राफिक लाइट बन्द थियो । प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको जनाएको छ ।

बिज्ञापन

घटनाबारे थप विवरण आउन बाँकी छ । मृतकबारे थप विवरण आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर राजन लम्सालले बताए । उनले आफू अहिले घटनास्थलमै रहेको सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka