Premier Cables
Premier Steel

राष्ट्रिय

मनसुन ब्रेकले देशभर तापक्रम बढ्यो, विराटनगरमा उखुम गर्मी

नोट: यो समाचार १ वर्ष ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २७, २०८२  | बिहान ८:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरदरभन्दा दुई साताअघि १५ जेठको राति नै पूर्वी नेपालमा दक्षिण एसियाली मनसुन प्रवेश गरे पनि ब्रेक भइदिँदा देशभर गर्मी बढेको छ ।

सोमबार सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ । त्यस्तै, काठमाडौंको तापक्रम ३१.६ डिग्री पुगेको छ । मनसुनी वर्षा नै बन्द हुनुलाई मनसुन ब्रेक भनिन्छ ।

विज्ञापन

पूर्वी नेपालमा वेलावेला हल्का वर्षा भइरहे पनि बाँकी क्षेत्रमा टन्टलापुर घाम लाग्दा न्यूनतम र अधिकतम दुवै तापक्रम उकालो लागेको छ । तराईमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन देशभर विस्तार नहुँदै ब्रेक भएको बताए । ‘कोशीमा १५ जेठ राति मनसुन भित्रिएर सुरुवातीमा ठुलो वर्षा पनि भयो । त्यसपछि त्यहाँ पनि खासै सक्रिय हुन सकेको छैन,’ अर्यालले भने, ‘मध्य र पश्चिम नेपालमा त मनसुन पुगेकै थिएन ।

एक सातादेखि मनसुन नै ब्रेक भएको छ ।’ पश्चिमी र न्यूनचापीय प्रणाली पनि खासै सक्रिय हुन नसकेकाले मध्य र पश्चिम नेपालमा वर्षा हुन नसकेको हो । गत वर्ष सरदरभन्दा एक दिनअघि १२ जुनमा मनसुन भित्रिए पनि देशभर फैलन दुई साता लागेको थियो ।

नेपालमा बंगालको खाडी हुँदै मनसुनी वायु आउँछ । र, पूर्वबाट पश्चिम बहन्छ । तर, अहिले पूर्वी नेपालमा रहेको मनसुनी वायु पनि लगभग सुक्खा छ । अनि, शक्तिशाली पनि नहुँदा पश्चिमी वायुलाई निष्क्रिय पनि पार्न सकेको छैन । पश्चिमी वायु कायमै रहे पनि सुक्खा छ । बंगालको खाडीमा बलियो न्यूनचापीय क्षेत्र नबन्दा अहिले समस्या आएको हो ।

मनसुनी चापीय रेखा भारतको कोलकाता–दिल्लीको रेखा लाइन हुँदा नेपालमा सक्रिय हुन्छ । तर, अझ उत्तरतिर सरे नेपालमा अझ धेरै पानी पर्छ । तर, यसपटक सुरुवातीमा पूर्वी नेपालनजिक रेखा आए पनि मध्य र पश्चिम क्षेत्रमा आएको छैन ।

भारतको जल तथा मौसम विज्ञान विभागले झनै तीन दिन पूर्वी राजस्थान, पन्जाब, हरियाणा, दिल्ली, उत्तरप्रदेशको दक्षिण–पश्चिम क्षेत्रमा लु चल्ने चेतावनी दिएको छ । त्यसपछि भने वर्षाले राहत हुने आकलन गरिएको छ ।

कहाँ कति पुग्यो तापक्रम ?

पछिल्लो एक सातादेखि देशभरको तापक्रम उकालो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार सबैभन्दा बढी नेपालगन्जको अधिकतम तापक्रम ४१ र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन भएको छ ।

त्यस्तै, धनगढीमा ४०.२, भैरहवामा ४०, सिमरामा ३७.५, विराटनगरमा ३७, जनकपुरमा ३६.१ र धरानमा ३६ डिग्री सेल्सियस मापन भएको छ । उपत्यकासँगै पहाडी क्षेत्रको तापक्रम पनि उच्च छ ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१.६ र न्यूनतम २०.४ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, दिपालयको ३७.५, सुर्खेतको ३६.२, घोराहीको ३५.९ र पोखराको ३२.२ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka