काठमाडौं । पश्चिमी तथा स्थानीय वायु र पूर्वी भूभाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
मंगलबार मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ। सोमबार केही स्थानमा भारी वर्षा भएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल देखिनेछ।
कोसी र गण्डकी प्रदेशका केही स्थानमा, साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा सामान्यतया बादल रहनेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ।
कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
