Premier Cables
Premier Steel

मौसम

देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ३२, २०८३  | बिहान ७:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ,श । नेपालमा मनसुनी वायुको सक्रिय प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले देशका विभिन्न प्रदेशमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।

बिज्ञापन

आज दिउँसो देशभर साधारणतया बादल लागिरहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोसी र वाग्मती प्रदेशका हिमाली भूभाग, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भेगका थोरै स्थानमा भने मध्यम हिमपातको समेत सम्भावना छ।

मौसम बुलेटिनअनुसार आज राति पनि मौसममा सुधार हुने देखिँदैन। राति देशभर साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस, कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा जारी रहनेछ। विशेष गरी रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र तराई क्षेत्रमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र न्यून भूभागका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa