Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

कोसी प्रदेश सभाको बैठक जेठ ३० गते बस्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २६, २०८२  | बिहान ११:२८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । स्थगित गरिएको कोसी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गतको बैठक आगामी जेठ ३० गते शुक्रबार बिहान ११ बजे बस्ने भएको छ।

कोशी प्रदेश सभा सचिवालय, विराटनगरद्वारा जारी सूचनामा अनुसार, गत २०८२ साल जेठ १६ गते का लागि निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो। सोही बैठक अब विराटनगरस्थित कोसी प्रदेश सभा हलमा बस्ने सूचनामा उल्लेख गरिएको छ।

बिज्ञापन

सूचना अनुसार, कोसी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय सभामुखकाे आदेशमा यो सूचना सार्वजनिक गरिएको हो। बैठकको जानकारीका लागि प्रदेश सभा सदस्यहरूलाई अवगत गराइएको छ।

प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यद्वारा हस्ताक्षरित सूचनामा बैठकका सम्पूर्ण तयारी र उपस्थिति सुनिश्चित गर्न आग्रह गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka