Premier Cables

कोशी प्रदेश

८० को उमेरमा पनि उत्तिकै सक्रिय प्रदेश सांसद, जन साक्षात्कारमा संधै अगाडि

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। प्रायःजसो ६० वर्ष उमेर पुगेपछि मानिसहरु घरमै आराम गरेर बुढ्यौली बिताउँछन् । यो उमेरमा रोगले च्यापँदै लैजाने भएकाले दैनिकी निकै कष्टकर हुन्छ । तर, कोशी प्रदेश सभाका ज्येष्ठ सांसद गयानन्द मण्डल गन्गाइ भने ८० वर्ष उमेर पुगेपनि निकै सक्रिय देखिन्छन् ।

बुढ्यौली उमेरमा पनि उनको सक्रियता युवा सांसदभन्दा बढी छ । उनी कोशीको राजधानी मोरङको विराटनगरबाट २० किलोमिटर टाढा धनपालथान गाउँपालिका–७, को ग्रामीण बस्तीमा बस्छन् ।

विज्ञापन

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित गयानन्दको उमेर बढ्दै गएपनि जोश भने उत्तिकै छ ।

कोशी प्रदेश सभामा समाजिक विकास समितिका सभापतिसमेत रहेका उनी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि झनै सक्रिय छन् ।

उनी संसदका गतिविधिमा मात्र नभई सामाजिक क्रियाकलापमा पनि सामेल हुने गरेका छन् । पुसको कठ्याङग्रिँदो जाडोमा पनि बिहान ८ बजे नै विभिन्न कार्यक्रममा सहभागी हुन उनी विराटनगर आइपुग्छन् ।

ज्येष्ठ माननीय गयानन्दको बुढ्यौली उमेरको सक्रियता देखेर प्रदेशसभाका युवा सांदसहरु छक्क पर्ने गरेका छन् ।

कोशीका युवा सांसद जयप्रकाश चौधरी भन्छन्, ‘उहाँ यो उमेरमा पनि हामीभन्दा जोसिलो र सक्रिय देख्दा लोभ लाग्छ ।’ समाजिक विकास समितिको सभापति भएपछि सांसद गयानन्दले चालकसहितको गाडी सुविधा पाएका थिए ।

तर, जेनजी विध्वंशमा प्रदेशसभा भवनसँगै परिसरमा राखेको उनको गाडी पनि जलेर खरानी भयो । विश्वसंपछि अवस्था प्रतिकूल भएको र गाडी पनि नभएको भन्दै धेरैजसो सांसदले सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन आनाकानी गर्दा ज्येष्ठ सांसद गयानन्द भने कहिले सार्वजनिक यातायात चढेर त कहिले छोराको मोटरसाइकलमा बसेर पुग्थे ।

सँगै प्रदेशसभा भवनको अवलोकन र कर्मचारीसँग भेटघाट पनि गर्थे । विध्वंशपछि समेत उनले आफूले नेतृत्व गरेको समाजिक विकास समितिलाई सक्रिय बनाइराखेका थिए ।

अहिले संघीय सरकारले प्रदेश सांसदहरुको स्वकीयसहित विभिन्न सेवासुविधा खोसेको छ । तैपनि उनी छोराको मोटरसाइकलमा कम्बल ओढेरै भएपनि बिहानै विराटनगरमा हुने कार्यक्रममा सहभागी हुन पुग्छन् ।

सांसद गयानन्द भन्छन्, ‘अब गाडी पनि छैन, स्वकीय पनि खोसिहाल्यो । छोराले नभ्याउँदा टेम्पो चढेर आउजाउ गर्छु ।’ अहिले उनलाई पार्टीको नजिकिँदो महाधिवेशनका कारण भ्याईनभ्याई छ । यसैले केही समय सार्वजनिक कार्यक्रममा आफूलाई नबोलाउन उनले आयोजकहरुसँग आग्रह गरेका छन् ।

सबैलाई पहुँच दिने र मनमा लागेको कुरा प्रष्टसँग बोल्ने गयानन्द प्रदेश सभामा निर्वाचित भएपछि ज्येष्ठताको आधारमा केही दिन सभामुखको भूमिका पनि निभाएका थिए । बुढ्यौली उमेरमा पनि उनी दैनिक ध्यान र नित्यकर्म गर्छन् ।

गयानन्द सबैरै सुत्छन् र बिहान ३ बजेतिर नै उठ्छन् । उठेपछि एक घण्टा ध्यान गर्छन् । त्यसपछि नित्मकर्म गरी पुजापाठ गर्छन् । अनि सेवा कर्ममा खटिन्छन् । आफूलाई शाकाहारी भोजन मन पर्ने उनी बताउँछन्।

२०२३ सालमा प्रधानपञ्च निर्वाचित भएका ज्येष्ठ सांसद गयानन्द २०२६ सालमा जिल्ला पञ्चायत सदस्य बने । ०३५ सालदेखि काँग्रेसबाट सक्रिय राजनीतिमा खटिरहेका उनी २०४८ देखि निरन्तर पार्टीको महासमिति सदस्य छन् ।

०६४ मा मधेशी जनअधिकार फोरमका रामानन्द मण्डलसँग १२ सय मतले पराजित भएका गयानन्द ०७० को चुनावमा ८ भोटले हराएका थिए ।

दुई पटकको पराजयपछि समेत सक्रिय राजनीतिमा खटिरहेका उनी ०७९ मा कोशी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । अब भने राजनीतिबाट विश्राम लिने चाहना रहेको उनी सुनाउँछन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka