Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभा वीरेन्द्र सभागृहमा राख्ने तयारी

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, असोज ३०, २०८२  | अपराह्न २:३३ बजे

विराटनगर । कोशी प्रदेश सरकार प्रदेश सभा बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा गर्न तयारीमा जुटेको छ। प्रदेश सभा सचिवालयले यसबारेमा प्रदेश सरकारलाई पत्राचार गरिसकेको छ।

सभागृह पुनर्निर्माणपछि विराटनगर महानगरपालिकाले यसको सञ्चालन गरिरहेको छ। वार्षिक एक करोड रुपैयाँको भाडामा सभाको बैठक त्यहाँ गर्ने प्रस्ताव गरिएको हो।

बिज्ञापन

प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरज ढकालका अनुसार सभाको सञ्चालनका लागि आवश्यक भाडा खर्च प्रदेश सरकारले उपलब्ध गराउने विषयमा पत्राचार भइसकेको छ।

यसअघि प्रयोग हुँदै आएको सचिवालय भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण प्रयोग अयोग्य बनेपछि वैकल्पिक स्थानको खोजी गरिएको हो।

ढकालका अनुसार सभाले सरकार–सरकार ९जीटुजी० मोडालिटीमार्फत सम्झौता गरी वीरेन्द्र सभागृह प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news