Premier Cables
Premier Steel

विराटनगर

अब शुद्ध पिउने पानी विराटनगरका घर घरमा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ११, २०८३  | अपराह्न ३:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना सम्पन्न भएको छ। करिब २ अर्ब २९ करोड जापानी येनको लागतमा निर्माण सम्पन्न भएको आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।

आयोजनाबाट विराटनगरका करिब ९३ हजार नागरिक अर्थात् महानगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत लाभान्वित हुने अपेक्षा गरिएको छ। आयोजनाले विराटनगरका १५ वटा वडामा स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

विज्ञापन

आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यो आयोजना महानगरका लागि दीर्घकालीन महत्वको परियोजना भएको बताउनुभयो। उहाँले आयोजनाबाट ठूलो सङ्ख्यामा नगरवासीले स्वच्छ खानेपानीको सुविधा पाउने उल्लेख गर्दै खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग आग्रह गर्नुभयो।

नेपालका लागि जापानी राजदूत तोरु माइदाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा पनि जापानले सहयोग गरेको स्मरण गर्नुभयो।

विराटनगरमा अर्को महत्वपूर्ण खानेपानी आयोजना सम्पन्न गर्न पाउँदा जापान सरकार गौरवान्वित भएको उहाँको भनाइ थियो। नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि आयोजना पूर्ण रूपमा सञ्चालनमा आउने र करिब ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उहाँले बताउनुभयो।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति जनस्वास्थ्य सुधारका लागि मात्र नभई नागरिकको जीवनस्तर उकास्न, आर्थिक गतिविधि बढाउन र दिगो सहरी विकासका लागि समेत महत्वपूर्ण रहेको बताउनुभयो।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्ति प्रणालीमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो।

सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा जापानी निर्माण कम्पनी एम/एस शिमिजु कर्पोरेसनले नेपाल खानेपानी संस्थानअन्तर्गत आयोजना निर्माण गरेको हो।

आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। र्‍यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की, पम्प भवन, एउटा ओभरहेड ट्याङ्की र एउटा प्रशासनिक भवन निर्माण गरिएको छ।
त्यसैगरी, परियोजनाअन्तर्गत एक हजार १९८ घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ। आयोजनाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले पाएको छ।

आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि विराटनगरको खानेपानी आपूर्ति प्रणाली थप व्यवस्थित र भरपर्दो हुने तथा नगरवासीको स्वच्छ र सुरक्षित खानेपानीमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka