Premier Cables
Premier Steel

राजनीति

उम्मेदवार छान्न कांग्रेसले ‘प्राइमरी इलेक्सन’ गर्ने

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | बिहान ११:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘प्राइमरी इलेक्सन’ अर्थात् आन्तरिक निर्वाचन गर्ने तयारी गरेको छ ।

पार्टीभित्र प्रतिस्पर्धाका आधारमा उम्मेदवार छनोट गर्ने नीति लिएको कांग्रेसले क्रियाशील सदस्यको प्रत्यक्ष मतबाट उम्मेदवार तय गर्ने योजना बनाएको हो । यसका लागि आठ लाखभन्दा बढी क्रियाशील सदस्यलाई अनलाइन मतदानमा सहभागी गराउने तयारी छ ।

विज्ञापन

कांग्रेसको योजनाअनुसार पार्टीका क्रियाशील सदस्यको मत, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचन पद्धतिका आधारमा उम्मेदवार छनोट गरिनेछ । उम्मेदवार बन्न इच्छुक नेताहरूले पहिले पार्टीभित्रै प्रतिस्पर्धा जित्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।

पार्टीले अनलाइन माध्यमबाट निर्वाचन सञ्चालन गर्न आवश्यक प्राविधिक तयारीसमेत गरिरहेको जनाएको छ । उम्मेदवार छनोटका लागि एनसी आईडी प्रयोग गर्ने योजना छ । यद्यपि, १५औँ महाधिवेशनपछि संशोधित पार्टी विधान सार्वजनिक भइसकेको छैन र उम्मेदवार छनोटको विस्तृत प्रक्रिया पनि तय हुन बाँकी छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ । अभियानमार्फत सम्भावित उम्मेदवारको पहिचान, स्थानीय समस्या र जनताको अपेक्षाबारे जानकारी संकलन गरिनेछ ।

निर्वाचनको तयारीका लागि कांग्रेसले उपसभापति पुष्पा भुसालको नेतृत्वमा निर्वाचन ब्युरो गठन गरेको छ । त्यस्तै, नेतृत्व विकासका लागि लिडरसिप एकेडेमी र निर्वाचित जनप्रतिनिधिको कार्यक्षमता सुधार गर्न गभर्नेन्स इन्स्टिच्युट पनि स्थापना गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाख अन्तिममा सकिँदैछ । निर्वाचन आयोगले मंसिर ४ गते सर्वदलीय बैठक बोलाएर स्थानीय तह निर्वाचनको मिति र तयारीबारे छलफल गर्ने जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka