Premier Cables
Premier Steel

कोशी प्रदेश

छठ पर्वले सामाजिक सद्भाव र एकता बलियो बनाउँछ: मुख्यमन्त्री कार्की

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २९, २०८३  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मौलिक चाडपर्व तथा सांस्कृतिक परम्पराको संरक्षण र संवर्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

विज्ञापन

उनले छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक भएको उल्लेख गरेका छन् । सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित यस पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्नुका साथै सामाजिक सद्भाव, आपसी एकता, प्रेम र भाइचारालाई प्रगाढ बनाउने उनको भनाइ छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान भएको नेपाली समाजमा छठ पर्वले विविधताबीच एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावना बलियो बनाउँदै आएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

कोशी प्रदेश सरकार सबै जातजाति, धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा संरक्षण गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् । प्रदेश सरकारले स्थापना कालदेखि नै विभिन्न समुदायका मौलिक चाडपर्व र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गर्दै आएको सन्देशमा उल्लेख छ ।

आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक सद्भावको प्रवर्द्धन र समावेशी समाज निर्माणका लागि सरकार निरन्तर क्रियाशील रहने उनले बताएका छन् ।

छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना थप अभिवृद्धि गर्दै शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वाससमेत मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka