






सुनसरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई पत्रकारले विवादित मन्त्री कहिले फेर्नुहुन्छ भनि प्रश्न गरेका छन् । सुनसरीको एउटा कार्यक्रममा सहभागी हुन पुगेको बेला कार्की गाडी चढ्नै लाग्दा पत्रकारले विवादित मन्त्रीको प्रसंग कोट्याएर प्रश्न गरे ‘तपाइँहरु पारदर्शिताको कुरा गर्नुहुन्छ तर यो त पारदर्शिता त भएन नी मुख्यमन्त्री ज्यू ?’
मुख्यमन्त्रीको जवाफ थियो,‘ हामी बुझ्दै छौं, चाँडै हुन्छ ।’ वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि क्यूआरकोड पठाएर घूस मागेको आरोप लगोपछि उनी विवादमा तानिएका छन् । तर, मन्त्री मण्डललाई मुख्यमन्त्रीले हालसम्म पनि बर्खास्त गरेका छैनन् । कोसी प्रदेशमा अहिले एमाले र कांग्रेस गठबन्धनको सरकार छ ।
मन्त्री मण्डलले घूस मागेको विषयमा विवाद उठेपछि यसलाई गम्भीर रुममा लिएर बखास्त गर्न भन्दै प्रदेशसभाका सदस्यहरुले समेत माग गर्दै आएका छन् । तर, लामो समय बितिसक्दा पनि मुख्यमन्त्री कार्कीले मन्त्री हटाएका छैनन् । केन्द्रको दबाबकै कारण मन्त्री नहटाइएको बताइन्छ ।