Premier Cables
Premier Steel

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीद्वारा पूर्वाञ्चल विश्वविद्यालयमा प्रसूति तथा बालरोग अस्पताल शिलान्यास

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०९, २०८२  | अपराह्न १:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत बन्ने प्रसूति तथा बालरोग अस्पतालको आज शिलान्यास गरेका छन्।

शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले देशमै रहेका शैक्षिक संरचना सुधार गरी गुणस्तरीय शिक्षा प्रवाह गर्न सकिने धारणा व्यक्त गरे। उनले कम लागतमा उच्च शिक्षाको पहुँच सुनिश्चित गर्न सके विदेशिने विद्यार्थीको संख्या घट्ने र विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए।

बिज्ञापन

“पूर्वाञ्चल विश्वविद्यालयले यस क्षेत्रमा नेतृत्व लिनसक्छ,” उनले भने, “देशमै दक्ष जनशक्ति उत्पादन गर्न सके आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्छ।”

अस्पताल निर्माणबारे जानकारी दिँदै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलियाले पहिलो चरणमा १२ करोड ४ लाख रुपैयाँको लागतमा काम सुरु गरिएको बताए। यो चरण २०८३ सालको पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। उनका अनुसार अस्पतालको पूर्ण निर्माणका लागि करिब ४३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सुन्दर हरैंचास्थित विश्वविद्यालय परिसरमा निर्माण भइरहेको यो अस्पताल शिक्षण अस्पतालको स्तर उन्नत गर्ने उद्देश्यले अगाडि बढाइएको हो। उपकुलपति थपलियाले पहिलो चरणको काम सम्पन्न भइसकेपछि थप संरचना निर्माण क्रमशः अघि बढाइने जानकारी पनि दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka