Premier Cables
Premier Steel

समाचार

छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने आज जनकपुरधाम जाँदै

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २८, २०८३  | बिहान १०:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज (शनिबार) जनकपुरधाम आउने भएका छन्।

रास्वपा मधेश प्रदेश कार्यालयका अनुसार लामिछाने पत्नी निकिता पौडेलसहित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विधिपूर्वक छठ पूजा गर्न जनकपुरधाम आउन लागेका हुन्।

विज्ञापन

रास्वपा मधेश प्रदेशका महामन्त्री मानिकुमार साहद्वारा जारी विज्ञप्तिअनुसार लामिछाने आज दिउँसो १२:१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलबाट सिधै जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा पुगी दिउँसो १ बजे आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने कार्यतालिका छ।

त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा पार्टीका सबै तहका पदाधिकारीहरूसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गरी साँझ ५ बजे खरना पूजा तथा छठको तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको दोस्रो दिन आइतबार लामिछानेले जानकी मन्दिर, मटिहानी र जलेश्वरनाथ मन्दिरलगायतका धार्मिक स्थलहरूको दर्शन गर्ने तथा दिउँसो ३ बजे गंगासागरमा छठको मुख्य पूजामा सहभागी हुने कार्यक्रम छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka