Premier Cables
Premier Steel

राजनीति

रविलाई आचारसंहिता उल्लंघन नगर्न निर्देशन 

Calendar मंगलबार, माघ २७, २०८२  | बिहान ९:१६ बजे

 

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज मंगलबार पश्चिम नवलपरासीमा गर्ने भनिएको चुनावकेन्द्रित कार्यक्रमप्रति जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो देखाएको छ ।

 

प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन लामिछानेलाई निर्देशन दिएको छ ।

 

सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही पुगेका लामिछानेले सो अवसरमा रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका करिब दुई दर्जन स्थानमा पुगेर समर्थकहरूसँग भेटघाट गरेका थिए । केही स्थानमा उनले सम्बोधनसमेत गरेका थिए ।

 

यस्तै कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरिएको थियो ।

 

तर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka