विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।
काठमाडौंले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, थारिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन बनाए।
विज्ञापन
१२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन मात्रै बनाउन सक्यो। यससँगै सुदूरपश्चिमले ९ रनको जित निकालेको हो।