Premier Cables

राष्ट्रिय

कोशी सहितका नदीमा आउन सक्छ आकस्मिक बाढी,उच्च सतर्कता अपनाउन आग्रह

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | बिहान ११:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्न थालेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानको मापनमा कोसी, नारायणी, बागमती, कन्काई र कमला नदी तथा तिनका सहायक नदीहरूको जलसतह सतर्कता तह नजिक पुगेको छ।

पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। यद्यपि, वर्षा जारी रहेकाले ती नदीहरूमा समेत बहाव बढ्दै जाने प्रक्षेपण गरिएको छ।

विज्ञापन

महाशाखाका अनुसार आज काठमाडौंसहित देशका अधिकांश जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। तीमध्ये केही क्षेत्रमा आकस्मिक बाढीको जोखिमसमेत रहेको छ।

महाशाखाले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यकाका तीन जिल्ला, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरालगायत जिल्लाका साना नदीमा बहाव बढ्ने तथा आकस्मिक बाढीको **मध्यम जोखिम** रहेको जनाएको छ।

यस्तै, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको **उच्च जोखिम** रहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाको अवस्था हेर्दै नदी तथा खोलानालाको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka