Premier Cables

समाचार

सप्तकोशीका सबै ५६ ढोका खोलिए, भारी सवारी साधनको आवागमन रोकियो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | बिहान ९:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव कुमार थेवेका अनुसार, नदीमा बहाव उच्च जोखिमपूर्ण भएपछि सबै ढोका खोल्नुपरेको हो। अहिले कोशीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ।

विज्ञापन

पानीको बहाव बढेसँगै सप्तकोशी पुलमा हलुका सवारी साधन मात्र सञ्चालनमा छन् भने ठूला र हेभी गाडीहरूको आवागमन अस्थायी रूपमा रोकिएको प्रहरीले जनाएको छ।

एसपी थेवेले इन्जिनियर तथा प्राविधिकहरूसँगको परामर्शपछि मात्र पूर्ण रूपमा पुल बन्द गर्ने वा खोल्ने निर्णय हुने बताए।

पूर्वी पहाडी जिल्लाहरूमा लगातारको वर्षाका कारण कोशी नदीमा पानीको सतह तीव्र रूपमा बढेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka