Premier Cables

कोशी प्रदेश

ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणका लागि दमकल पठाइयो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | अपराह्न ३:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पाँचथर । ताप्लेजुङको मिक्वाखाेला गाउँपालिका–छ स्थित दोभान बजारमा आगलागी भएको छ। बिहीबार दिउँसो दावाँ शेर्पाको घरबाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागीबाट आसपासका घरसमेत जोखिममा परेका छन्। आगो नियन्त्रणका लागि दमकल घटनास्थलतर्फ पठाइएको गाउँपालिकाले जनाएको छ। स्थानीयवासी तथा सुरक्षाकर्मीसमेत आगो नियन्त्रणको प्रयासमा जुटेका छन्।

विज्ञापन

गाउँपालिकाले आसपासका बासिन्दालाई सतर्क रहन तथा आगो नियन्त्रणका क्रममा सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka