Premier Cables
Premier Steel

समाचार

फर्निचरमा आगलागी, १२ लाखको क्षति

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | अपराह्न १२:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्कमा रहेको खड्का फर्निचरमा भीषण आगलागी भएको छ। यो आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालित यो फर्निचर पसलमा आगलागी भएको हो। आगलागीका कारण काठ चिर्ने मेसिन र विभिन्न किसिमका काठहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

बिज्ञापन

आगो लागेको खबर पाउने बित्तिकै अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिर्तामोड नगरपालिकाको दमकलले राति करिब साढे १२ बजेतिर आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण अझै खुल्न सकेको छैन, यद्यपि विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka