Premier Cables

समाचार

घरमा लागेको आगो निभाउँदा बुबा, छोराहरू र बुहारी घाइते

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | अपराह्न २:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । झापाको हल्दीबारी गाउँपालिका–४, ओली चोकमा मंगलबार बिहान एक घरमा आगलागी हुँदा निभाउने क्रममा एकै परिवारका चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलाको भान्सामा बिहान ८:४० बजे रोटी पकाउने क्रममा आगो लागेको थियो। आगो निभाउने प्रयासमा घरधनी ओलीसहित उनका दुई छोरा — ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली — र ३२ वर्षीया बुहारी अनिता ओली घाइते भएका हुन्।

विज्ञापन

प्रवक्ता खड्काले जानकारी दिएअनुसार पुण्यप्रसादको अवस्था मध्यम छ भने अन्य तीन जनाको अवस्था सामान्य रहेको छ। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि भद्रपुरको ओमसाई पाथीभरा अस्पताल हुँदै विराटनगर लगिएको हो।

आगोबाट भान्सा कोठामा आंशिक क्षति पुगेको छ। स्थानीयको सहयोगमा करिब ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka