Premier Cables

राष्ट्रिय

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु, वर्षौंपछि पूरा भयो पोखरेलीको सपना

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | अपराह्न १२:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पोखरा । बुधबार साँझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य दिनभन्दा फरक र उत्साहपूर्ण दृश्य देखियो। विमानस्थलको प्रमुख टर्मिनल भवन अगाडि ठूलो संख्यामा यात्रु तथा आफन्तको भीड लागेको थियो।

कोही विदेश जान लागेका आफन्तलाई बिदाइ गर्न पुगेका थिए भने कोही वर्षौंपछि विदेशबाट आफ्नै सहरमा आइपुगेका आफन्तलाई स्वागत गर्न विमानस्थल पुगेका थिए। विमानस्थल परिसरमा कतै खुसीका आवाज सुनिन्थे भने कतै लामो समयपछि भेटिएका आफन्त अंगालोमा बेरिँदा भावुक दृश्य देखिन्थ्यो।

विज्ञापन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि पहिलोपटक पोखराबाटै नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएपछि पोखरेलीको वर्षौंदेखिको सपना साकार भएको हो।

फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय हवाई सञ्जालमा प्रत्यक्ष जोडिएको छ।

यससँगै पोखराबाट विदेश यात्राका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। साथै विदेशबाट पोखरा आउने यात्रुले पनि काठमाडौं हुँदै लामो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ।

पोखराबाटै अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटन व्यवसायी, स्थानीय बासिन्दा तथा विदेशमा रहेका नेपालीका परिवारमा समेत उत्साह थपिएको छ। नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka