Premier Cables

राष्ट्रिय

देवानगञ्जमा दुई समूहबीच झडप : एक घाइते, दुई जना प्रहरी नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०४, २०८३  | बिहान ८:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबीच भएको झडपमा परी एक जना घाइते भएका छन् भने घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बि.पि. चोकमा आइतबार साँझ करिब ५:२५ बजे दुई यादव समूहबीच जुध्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
झडपका क्रममा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादव घाइते भएका छन्।

विज्ञापन

उनको पुठ्ठामा चोट लागेको र हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार घाइतेको स्वास्थ्य अवस्था हाल मध्यम रहेको छ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले झडपमा संलग्न देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय बिष्णु कुमार यादव र सोही ठाउँका २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्द्र बहादुर खड्काले जानकारी दिए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको प्रहरीको भनाइ छ।

गोली चलेको र मानिसको मृत्यु भएको हल्ला निराधार : प्रहरी
यसैबीच, उक्त घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमहरूमा ‘गोली प्रहारबाट मानिसको मृत्यु र घाइते भएको’ भनी फैलाइएको समाचारप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

डिएसपी खड्काद्वारा जारी विज्ञप्तिमा गोली चलेको वा कसैको मृत्यु भएको कुरा पूर्णतः भ्रामक र असत्य भएको स्पष्ट पारिएको छ। प्रहरीले यथार्थ र सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka