Premier Cables

समाचार

देवानगञ्ज घटनामा मृतकका परिवारलाई पालिकाद्वारा दश लाख राहत दिने निर्णय

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | साँझ ५:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु भएकाका परिवारलाई देवानगञ्ज गाउँपालिकाले जनही दश लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतवार राति करिब १० वजे देवानगञ्ज वडा नं। ३ कप्तानगंजमा भएको घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षतामा बिहीबार (आज)इ बसेको बैठकले गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै सो निर्णय गरेको हो ।

कप्तानगंज, नयाँ हाट बजारमा भएको घटनाको क्रममा निधन भएका व्यक्तिहरुलाई देवानगञ्ज गाउँपालिकाको तर्फबाट सहिद घोषणा गर्दै सोको स्वीकृतिका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय समेत भएको छ । पालिका प्रति मृतक परिवारलाई राहत स्वरूप देवानगन गाउँपालिकाबाट दश दश लाख रकम उपलब्ध गराउने साथै घटनाको क्रममा गोली लागि पूर्ण अशक्त र अति अशक्त अपांगता पाएको प्रति व्यक्तिलाई रु.दुई लाख तथा मध्यम र सामान्य अपांगता भएको प्रति व्यक्तिलाई पचास हजार राहत स्वरूप देवानगञ्ज गाउँपालिकाको चालु तर्फको उद्धार राहत तथा पुनःस्थापना खर्च शीर्षकबाट रकम उपलब्ध गराउने सर्वसम्मत निर्णय भएको गाँउपालिका कार्यालयले जनाएको छ । तत्काल देवानगञ्ज गाउँपालिका वडा नं ३ को वडा समितिको बैठक बस्न सक्ने अवस्था नरहेको हुदाँ हाललाई वडा समितिका ज्येष्ठ सदस्य रामबहादुर महतोलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ ।

विज्ञापन

पालिकाले निजी सम्पत्तिमा भएको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्ने, आकस्मिक स्वास्थ्य सेवा बाहेकका सेवा हाललाई बन्द गर्ने र घटष्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय भएको जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka