फायल फोटो
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा आयोजना हुँदैछ ।
अपरान्ह तीनपैनी मन्दिरबाट रथयात्रा शुरु हुने छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मोरङले व्यक्गित सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । भिडभाडमा चोरी, पाकेटमारी तथा उच्छृङ्खल गतिविधि हुन सक्ने भएकोले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार रथयात्राको भिडमाथि सूक्ष्म निगरानी राख्न आधुनिक प्रविधि तथा ड्रोन क्यामेराको प्रयोग गरिनेछ। भीडको फाइदा उठाएर आपराधिक क्रियाकलाप गर्ने वा हुलदङ्गा मच्चाउने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कडा कानुनी कारबाही हुने छ ।
प्रहरीले मूल्यवान वस्तु नबोकन, सामानको सुरक्षा आफैँ गर्न, आफ्ना ब्याग, वालेट र व्यक्तिगत सामानको सुरक्षामा सचेत हुन ।
बालबालिका र वृद्धवृद्धाको ख्याल राख्न, घर पूर्ण रूपमा खाली नछाड्न, छिमेकीसँग समन्वय गर्न, अत्यधिक भीड हुने र धकेलाधकेल हुन सक्ने भएकाले दौडधुप ननगर्न र संयमित भएर हिँड्न,
अग्ला स्थानबाट हेर्दा सावधानी अपनाउन, आपत्कालीन सम्पर्क र रथयात्राका क्रममा चोरी, व्यक्ति हराएमा, झगडा वा कुनै पनि आपत्कालीन समस्या परेमा तत्काल प्रहरीको १०० नम्बरमा फोन गरी जानकारी गराउन सूचीत गरिएको छ ।
