Premier Cables

विराटनगर

काठमाडौंको उडेको बुद्ध एयरको विमान विराटनगरै फर्कियो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | राती १०:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। काठमाडौंको मौसममा अचानक आएको खराबीका कारण विराटनगरबाट काठमाडौंका लागि उडान भरेको बुद्ध एयरको विमान गन्तव्यमा अवतरण गर्न नसकी पुनः विराटनगर विमानस्थलमै फर्किएको छ।

सोमबार साँझ करिब ६:४५ बजे विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७१४ को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि डाइभर्ट भएको हो। काठमाडौंको आकाशमा पुगेपछि मौसम प्रतिकूल बनेकाले विमानलाई करिब दुई घण्टा आकाशमै होल्ड गरिएको थियो। मौसममा सुधार आउने सम्भावना नरहेपछि विमानलाई यात्रुसहित सुरक्षित रूपमा पुनः विराटनगर विमानस्थलमै अवतरण गराइएको छ।

विज्ञापन

विराटनगर विमानस्थलका प्रमुख सुभाष झाका अनुसार काठमाडौंको खराब मौसमका कारण विराटनगरबाट उडेका अन्य विमानका साथै अन्य स्थानका उडानसमेत प्रभावित भएका छन्। नेपालगन्जबाट काठमाडौंका लागि उडेका विमानहरू समेत अवतरण हुन नसकेर विराटनगरमै अवतरण गराइएको छ।

मौसम प्रतिकूलताकै कारण हाल यती एयरको एक विमानसहित कुल पाँचवटा जहाज विराटनगर विमानस्थलमा होल्ड भएर बसेको प्रमुख झाले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka