Premier Cables
Premier Steel

अपराध

यात्रुले बुद्ध एयरको आपतकालीन ढोका खोलिदिएपपछि ….!

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ३०, २०८२  | अपराह्न १२:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका एक यात्रुले खोलिदिएका छन् ।

852 (जहाज 9N-AMD) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोलेका कारण उक्त उडान ढिलो हुन गएको बुद्ध एयरले जनाएको छ ।

बिज्ञापन

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको र पूर्ण परीक्षण तथा सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा याचना गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka