Premier Cables
Premier Steel

राष्ट्रिय

रसुवा बाढी: सात जनाकाे शव भेटियो, २५ जनाकाे उद्धार

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | अपराह्न ३:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रसुवामा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटिएको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले शव भेटिएको पुष्टि गरे । ‘दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाएका छौं,’ उनले भने ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार अहिलेसम्म भोटेकोशी बाढीमा २५ जनाको उद्धार गरिएको छ । उनले सेनाका ६ र अन्य ८ हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउँदै भने, त्रिशूली नदीछेउमा टेम्पोररी मेडिकल युनिट खडा गरिएको छ ।

बिज्ञापन

उद्धार गरिएकाहरूलाई त्यहाँ उपचार गर्ने प्रबन्ध मिलाइएको छ । उनले त्यहाँ २ सर्जनसहित १० जनाको टोली खटिएको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka