Premier Cables
Premier Steel

समाचार

बाढी पहिरोमा परी ५९ को मृत्यु, ६ बेपत्ता, कुन जिल्लामा कति ? (पूर्ण विवरण)

Calendar मंगलबार, असोज २१, २०८२  | बिहान ११:१८ बजे

विराटनगर । असार १७ देखि २० गतेसम्मको वर्षा र बाढी पहिरोले ठूलो मानवीय क्षति भएको छ। यस अवधिमा कुल ५९ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् र ४७ जना घाइते भएका छन्।

पहिराेमा परी ३९ जना (इलाम-३७, पाँचथर-१, काभ्रे-१) को मृत्यु भएको छ । यसैगरी बाढीबाट १० जनाको ज्यान गएको छ । जसमा उदयपुर-२, धनुषा-१, इलाम-१, पाँचथर-१, खोटाङ-१, मोरङ-१, सुनसरी-१, रौतहट-२ को मृत्यु हुन पुग्यो ।

बिज्ञापन

चट्टयाङले लागेर रौतहटमा २ जनाको मृत्यु भयो ।
बाढीबाट ५ जना बेपत्ता भएका छन् । रसुवा-४, भोजपुर-१ र‌ पहिराेले इलाममा -१ जना छन् ।

घाइते ४७ जना छन्
पहिराे: ३३ जना (इलाम-२६, पाँचथर-३, ललितपुर-१, धनकुटा-१, काभ्रे-१)
चट्टयाङ: १४ जना (भोजपुर-३, खोटाङ-३, उदयपुर-१, मकवानपुर-१, ताप्लेजुङ-१, धनकुटा-१, बारा-१, ओखलढुंगा-१, सुनसरी-१, पाँचथर-१)

यो विवरण राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले २०८२ असार २२ गते बिहान १० बजे अद्यावधिक गरेको जानकारी दिएको छ।

नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का सूचना र सन्देशका लागि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka