Premier Cables
Premier Steel

राजनीति

रवि लामिछाने चीन भ्रमणमा नजाने

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण हाललाई स्थगित भएको छ।

उच्च स्रोतका अनुसार यसअघि अगस्ट दोस्रो साताका लागि तय भएको लामिछानेको भ्रमण पछि सारिएर सेप्टेम्बर दोस्रो साता पुर्‍याइएको थियो। तर, निर्धारित सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछाने चीन नजाने भएपछि अब उनको साटो सांसदहरूको टोली मात्र चीन भ्रमणमा जाने भएको छ।

बिज्ञापन

भारत भ्रमणलगत्तै सभापति लामिछानेको चीन भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। सरकारी स्रोतका अनुसार उनले आगामी दिनमा कुनै उपयुक्त मिति जुराएर चीन भ्रमण गर्नेछन्, यद्यपि नयाँ मिति भने हालसम्म तय भइसकेको छैन।

यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। सो भ्रमणका क्रममा उनको उच्च राजनीतिक तथा कूटनीतिक तहमा भेटवार्ता हुने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka