Premier Cables
Premier Steel

समाचार

रवि लामिछानेकाे नख्खु कारागार सरुवा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | साँझ ५:४३ बजे
Hamro Biratnagar Headlines

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट ललितपुरस्थित नख्खु कारागार सारिएको छ। शनिबार दिउँसो भैरहवास्थित रुपन्देही कारागारबाट निकालेर उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं लगिएको हो।

बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा रहेका थिए। उनले गत जेठ १४ गते कारागार सरुवाको मागसहित रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतले जेठ १६ गते उनको माग स्वीकृत गर्दै सरुवाको आदेश दिएको थियो।

बिज्ञापन

तर, गृहमन्त्री रमेश लेखकले सरुवा प्रक्रियामा रोक लगाएपछि लामिछाने रुपन्देहीमै रहनु परेको थियो। यस घटनापछि उनको परिवार र समर्थकबीच असन्तोष चुलिएको थियो। पत्नी निकिता पौडेलले यस विषयलाई अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासम्म लैजाने चेतावनी दिएकी थिइन्। साथै, राष्ट्रिय मानव अधिकार आयोगको टोलीले समेत लामिछानेलाई राखिएको कारागारको अनुगमन गरेको थियो।

आखिर बढ्दो दबाबपछि सरकारले उनलाई काठमाडौं सार्ने निर्णय गर्दै नख्खु कारागार पुर्‍याएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka