Premier Cables
Premier Steel

अर्थ

तराईमा सर्पदंशको औषधि मौज्दात सकिदै, उत्पादन गर्ने उद्योग भने १३ वर्षदेखि अलपत्र

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | बिहान ११:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सर्पको टोकाइबाट उच्च जोखिममा रहेको तराई क्षेत्रका मुख्य अस्पतालहरूमा जीवन बचाउने मुख्य औषधि ‘एन्टी स्नेक भेनम’ (एएसभी)को मौज्दात सकिँदै गएको छ।

यता मुलुकभर औषधिको हाहाकार हुँदा पनि स्वदेशमै उक्त औषधि उत्पादन गर्ने उद्देश्यले सुनसरीमा स्थापना गर्न लागिएको उद्योग भने १३ वर्षदेखि सरकारी प्रक्रियागत झन्झट र कानुनी उल्झनमा अल्झिएर अलपत्र परेको छ।

बिज्ञापन

१३ वर्षदेखि मन्त्रालय धाउँदै उद्यमीत्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेका लक्ष्मीप्रसाद फुयालले सर्पदंशको औषधि विदेशबाट आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्न वि.सं २०७१ सालमै ‘एन्टी स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ प्रालि’ दर्ता गरेका थिए।

सुनसरीको वराहक्षेत्र नगरपालिका(७, बांगेमा ४ बिघा जमिनमा उद्योग स्थापनाको काम थालिए पनि सरकारी असहयोग र बैंकहरूको ऋण प्रवाहमा आनाकानीका कारण यो राष्ट्रिय महत्त्वको परियोजना अहिलेसम्म ठप्प छ। उद्योगले मेसिनसमेत ल्याउन सकेको छैन।

उद्यमी फुयालले उद्योग दर्ता गरेलगत्तै मन्त्रालय पुग्दा अधिकारीहरूले यसको उत्पादनका लागि कानुनी अड्चन भएको बताउँदै पन्छाउने गरेका छन्। संकटका बेला पनि छैन राज्यको ध्यानवर्षायाम तथा गर्मी सुरु भएपछि तराईमा सर्पदंशका बिरामी अत्यधिक बढ्ने गर्छन्।

अस्पतालहरूले औषधि सकिन लागेको सूचना सार्वजनिक गरिरहँदा नेपालमै औषधि उत्पादन गर्ने उद्योगलाई सहजीकरण गर्नुको साटो राज्यका निकायहरूले नै बर्सौंसम्म अल्मल्याएर राख्नु दुखद पक्ष हो। यसले मुलुकको स्वास्थ्य सुरक्षा र स्वदेशी लगानी प्रवर्द्धनप्रतिको सरकारी उदासीनतालाई उदाङ्गो बनाएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka