Premier Cables
Premier Steel

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको जनाइएको छ।

राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता व्यक्त गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे जवाफ दिएका हुन् ।

बिज्ञापन

​गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय, रोजगारी र राजस्व संकलनसँग मात्र नजोडिई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगसँग समेत जोडिएको बताइएको छ। विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी व्यवस्थित गरिएमा मन्त्रालयले यसमा पूर्ण सहयोग गर्ने स्पष्ट पारिएको छ।

​विगतका बजेटहरूमा पनि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने विषय समावेश भइसकेको उल्लेख गर्दै विकसित मुलुकहरूले समेत यसलाई खुला गर्दै लगेकाले नेपालले पनि सकारात्मक कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यो विषयलाई गम्भीरताका साथ लिँदै गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka