Premier Cables
Premier Steel

अर्थ

गलत काम नगर्ने उद्योगी व्यवसायी आत्तिनु पर्दैनः अर्थमन्त्री वाग्ले

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख १८, २०८३  | अपराह्न १:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा देखिएको नीतिगत कब्जा र लुटतन्त्र अन्त्य गर्दै सुशासन स्थापना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुशासनका सवालमा सरकार कडाइका साथ अघि बढ्ने बताए । सरकारले सुशासनलाई म्याक्रो र माइक्रो दुई तहमा विभाजन गरी सुधारका काम अघि बढाएको उनले स्पष्ट पारे ।

बिज्ञापन

उनका अनुसार म्याक्रो तहको सुशासनअन्तर्गत नीतिगत कब्जा, संस्थागत प्रभाव र विगतमा मौलाएको लुटतन्त्र अन्त्य गर्ने काम भइरहेको छ ।

माइक्रो तहमा भने आम नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउने, सरकारी कार्यालयमा लाइन बस्न नपर्ने, घुस दिन नपर्ने र मोबाइलमार्फत डिजिटल सेवा प्राप्त हुने व्यवस्था गर्न सरकार लागेको उनले बताए ।

अर्थमन्त्री वाग्लेले अपराधमा संलग्न व्यक्तिमाथि कारबाही गर्दा निजी क्षेत्रले मनोबल खस्कियो भन्न नहुने धारणा राखे । उनले इमान्दार व्यवसायीलाई नआत्तिन आग्रह गर्दै कानुनसम्मत रूपमा व्यवसाय गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू सुरक्षित रहने बताए ।

तर उद्यमीको आवरणमा अपराध गर्नेहरूलाई भने उन्मुक्ति नदिइने उनले चेतावनी दिए ।

उनले निजी क्षेत्रलाई ७० खर्बभन्दा ठूलो अर्थतन्त्रको प्रमुख संवाहक तथा ७ प्रतिशत आर्थिक वृद्धिको मुख्य साझेदारका रूपमा व्याख्या गरे ।

मन्त्री वाग्लेले नेपालका केही कानुनी व्यवस्थाले इमान्दार व्यवसायीलाई समेत समस्या पार्ने अवस्था रहेको स्वीकार गर्दै त्यसमा सुधार गरिने प्रतिबद्धता जनाए ।

भारतमा नितिन गडकरीले पूर्वाधार क्षेत्रमा अपनाएको सफल मोडलको उदाहरण दिँदै उनले नेपालमा पनि निजी लगानीबाट पूर्वाधार निर्माण गर्ने मोडलमा सरकार अघि बढ्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka