Premier Cables
Premier Steel

राष्ट्रिय

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्षमा सीमित गरिने

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०४, २०८३  | साँझ ४:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गर्ने सहमति भएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि बुधबार बसेको अर्थ समितिको बैठकमा गभर्नर र सञ्चालक समितिका सदस्यको हाल कायम पाँच वर्षे कार्यकाललाई घटाएर तीन वर्षमा सीमित गर्ने विषयमा सहमति जुटेको हो।

बिज्ञापन

समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा थप दुई वर्ष पदावधि बढाउन सकिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार गभर्नरको प्रारम्भिक कार्यकाल तीन वर्षको हुनेछ भने कार्यसम्पादन मूल्याङ्कनका आधारमा थप दुई वर्ष पदावधि थप्न सकिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka